नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि आएको छ । छापावाल सुन तोलामा तीन हजार ६०० र चाँदी ५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७१० रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

