Banijya News

स्वावलम्बन लघुवित्तद्वारा बाढी प्रभावितका लागि ४० लाख सहयोग

1
1.1K Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले भोटेकोशी बाढी प्रभावितका लागि रु.४० लाख आर्थिक सहयोग प्रदान गरेको छ । स्वावलम्बनका अध्यक्ष प्रा.डा. कुुसुम शाक्यले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भदौ २९ गते अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममाझ उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।

विपद्को यस कठिन घडीमा नेपाल सरकारको राहत तथा उद्धार अभियानमा सहयोग पु–याउने उद्धेश्यले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थागत तर्फबाट रु.२५ लाख, सञ्चालकहरुका तर्फबाट रु.३० हजार ६ सय र सम्पूर्ण कर्मचारीहरुका तर्फबाट रु.१४ लाख ६९ हजार ४ सय गरी जम्मा रु.४० लाख नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा योगदान गरेको हो ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.परिवारले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति र बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

साथै, बाढीमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वित्तीय संस्थाको शाखा कार्यालय वेत्रावती–रसुवामा कार्यरत रही हालसम्म सम्पर्क विहिन हुनुभएका कर्मचारीद्वय किरण थापा र राजकुमार दर्जी लगायतका वेपत्ता नागरिकहरुको सकुशल खोजतलास एवं उद्धारका लागि नेपाल सरकार समक्ष अनुरोध समेत गरेको छ ।

1

Scroll to Top