Banijya News

सामान्य अंक बढ्यो नेप्से, ३ अर्ब १३ करोडको शेयर किनबेच

1
1.1K Shares

नेप्से परिसूचक आज मंगलबार सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से आज बढेर बन्द भएको हो ।

मंगलबार नेप्से परिसूचक ११.९६ अंक बढेर २५७८.७३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ ।

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४१.१० अंक बढेको छ । कारोबारमा आएको लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो सोमबार ३ अर्ब २७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य ५.११ प्रतिशत बढेको छ । मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ । आज सर्वोत्तम पेन्ट्सको शेयरमूल्य करिब ५ प्रतिशत घटेको छ भने एआईबिएल ग्रोथ फण्डको इकाईमूल्य करिब साढे ४ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २३ करोड ९१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, लिबर्टी इनर्जीको करिब १४ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top