नेपाली बजारमा आज मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको भाउ ६० रुपैयाँले घटेर प्रतितोला चार हजार ३५५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य फेरबदल र माग–आपूर्तिको अवस्थाअनुसार स्थानीय बजारमा दैनिक मूल्य निर्धारण हुने गर्दछ ।


