एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । डिजिटल भुक्तानी प्रणालीमा नवीनतम प्रविधिको प्रयोग तथा ग्राहकमैत्री बैंकिङ सेवा विस्तारमा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई दुई विधामा सम्मान गरिएको हो ।
बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन कन्जुमर डेबिट काड्र्स बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ अवार्ड प्राप्त गरेको जनाएको छ ।
बैंकका अनुसार यी अवार्डले डिजिटल भुक्तानी प्रणालीको विकास, नवीन वित्तीय उत्पादनको विस्तार तथा ग्राहकको कारोबार अनुभवलाई सहज बनाउने दिशामा बैंकले गरेका प्रयासलाई मान्यता प्रदान गरेका छन् ।
एनएमबि बैंकले आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवामार्फत ग्राहकलाई स्वदेश तथा विदेशमा छिटो, सुरक्षित र सहज वित्तीय कारोबारको सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।
विशेषगरी डेबिट कार्ड सेवा र डिजिटल बैंकिङ प्रणालीलाई थप प्रभावकारी बनाउँदै ग्राहकको दैनिक वित्तीय कारोबार सरल बनाउने रणनीतिलाई बैंकले प्राथमिकतामा राखेको छ ।
प्राप्त सम्मानले बैंकलाई आगामी दिनमा डिजिटल बैंकिङ सेवा थप विस्तार गर्न र नवीनतम वित्तीय प्रविधि प्रयोगमा ल्याउन प्रोत्साहन मिलेको बैंकले जनाएको छ ।


