कुमारी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजा इन्टरनेसनलबाट दुई विधामा उत्कृष्टताको सम्मान प्राप्त गरेको छ ।
भिसा इन्टरनेसनलद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२६’ मा बैंकले सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा गरेको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै दुईवटा अवार्ड प्रदान गरिएको हो ।
बैंकले ‘एक्सिलेन्स इन क्रस–बोर्डर बिजनेस’ र ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मान प्राप्त गरेको हो । कुमारी बैंकले यी विधामा लगातार तीन वर्षदेखि सम्मान प्राप्त गर्दै आएको जनाएको छ ।
अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवद्र्धन तथा ग्राहकमैत्री कार्ड सेवामा बैंकले हासिल गरेको उपलब्धिलाई उक्त सम्मानले प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।
विश्वव्यापी रूपमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र गतिमा बढिरहेको अवस्थामा कुमारी बैंकले पनि आफ्ना ग्राहकलाई सुरक्षित, सहज र प्रविधिमैत्री भुक्तानी सेवा उपलब्ध गराउन प्राथमिकता दिँदै आएको छ ।
विशेषगरी भिसा कार्डमार्फत हुने कारोबार, अन्तर्राष्ट्रिय भुक्तानी तथा सीमापार वित्तीय कारोबारलाई थप प्रभावकारी बनाउने दिशामा बैंकले विभिन्न पहल गर्दै आएको जनाएको छ ।
स्थापनाकालदेखि नै आधुनिक बैंकिङ प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेको बैंकले डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारमा लगानी गर्दै आएको छ ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर रहेका २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रवाह गर्दै आएको छ ।


