Banijya News

निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूबीच कार्यगत एकता अपरिहार्य

1
1.1K Shares

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन्। निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने उनीहरूको भनाइ छ। निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने उनीहरूको भनाइ छ।  आइतबार राजधानीमा आयोजित नेपाल चेम्बर अफ कमर्सको हालै मात्र सम्पन्न ७० औं वार्षिक साधारणसभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागत कार्यक्रममा यी दुई संस्थाका पदाधिकारीहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।

संस्थागत सहकार्य र कार्यगत एकताकै कारण पछिल्लोपटक कोभिडपश्चात् अर्थतन्त्रको पुनरूत्थानलगायत उद्योग व्यवसाय क्षेत्रलाई राहतका प्याकेज ल्याइनुपर्ने विषय, राजनीतिक दलबाट आह्वान भएको बन्दलगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्नेलगायतका विषयमा प्रतिनिधि संस्थाहरूको संयुक्त धारणाबाट निकै बलियो सन्देश गएको सो अवसरमा स्मरण गरिएको थियो।‘

एकता नै बल हो भन्ने कुरालाई हामी तीनैवटा संस्थाहरुले मनन गरेर अगाडि बढ्नुपर्छ’, महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्वरका पदाधिकारीहरुलाई स्वागत गर्दै भने, ‘हामी प्रतिस्पर्धी होइन, एकअर्काका परिपुरक हौँ र आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरुमा कार्यगत एकता गरौँ, सहकार्यलाई घनिभुत ढंगले अगाडि बढाऔँ। हामीले बोल्ने भाषा एकै हुनुपर्छ। हामीले एकता देखाउन सक्यौँ भने हामी अझ बलियो हुन्छौँ।’ 

कार्यक्रममा चेम्बरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले महासंघले चेम्बरका निर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो टिमले महासंघसंग संस्थागत सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए।

अवसरमा अध्यक्ष शेखर गोल्छाले महासंघले सिंगो निजी क्षेत्रकै प्रतिनिधित्व गर्दै राष्ट्रिय आर्थिक रूपान्तरण २०३० को महत्वपूर्ण भिजन पेपर सार्वजनिक गरेको बताउँदै उक्त भिजन पेपर कार्यान्वयनका लागि एकजुट हुन जोड दिए । 

1

Scroll to Top