Banijya News

कुल बिमालेख संख्या एक करोड ८४ लाख नाघ्यो, प्रिमियम एक खर्ब ९५अर्ब

1
1.4K Shares

नेपालमा कुल बिमालेख संख्याको दायरा वृद्धि भएको छ । गत जेठसम्म जारी भएको बिमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशत बृद्धी भएको हो । गत जेठसम्म बिमालेख संख्या बढेर एक करोड ८४ लाख २५ हजार २३० पुगेको छ ।

यस अवधिमा वैदेशिक बिमालेख, म्यादी र लघु म्यादी बिमालेख तथा निर्जीवन बिमालेखसमेत उल्लेख्य वृद्धि भएको छ । यसबीचमा जीवन बिमालेख संख्यामा कमी आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल बिमालेख संख्या एक करोड ६८ लाख २ हजार २४८ थियो ।

यसैगरी, बिमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५ प्रतिशत बढेर एक खर्ब ९५ अर्ब चार करोड १६ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त रकम एक खर्ब ७० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ थियो ।

यस अवधिसम्म जारी भएको म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बिमालेखसहित बिमाको दायरामा आएको संख्या ४७.९५ प्रतिशत पुगेको अर्थले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त संख्या ४३.९५ प्रतिशत थियो ।

कुल बिमालेखमध्ये जीवन बिमाको ८४.१ र निर्जीवन बिमाको हिस्सा १५.९ प्रतिशत छ । अघिल्लो वर्षको जेठसम्म यस्तो हिस्सा क्रमश: ८३.९ र १६.१ प्रतिशत थियो । यस अवधिको कुल बिमा प्रिमियम रकममा जीवन बिमा र निर्जिवन बिमातर्फको हिस्सा क्रमश ः ७९.६ र २०.४ प्रतिशत छ ।

1

Scroll to Top