Banijya News

आज एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

1
1.2K Shares

एभरेष्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम मिति दिन रहेको छ। बैंकले भोलि असोज २४ गतेदेखि आफ्नो शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) गर्ने भएकोले आजसम्म नेप्सेमा कारोबार गरी कायम रहेका सेयरधनीहरूलाई मात्रै यस वर्षको लाभांश प्राप्त गर्ने अधिकार हुनेछ।

बैंकले आगामी कात्तिक १२ गते बुधबार बिहान ११ बजे राजधानीको आम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडौँमा आफ्नो ३१औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभामा हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

त्यसका साथै, साधारण सभाले बैंकको प्रबन्धपत्र र नियमावली संशोधन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा अन्य आवश्यक एजेन्डामा पनि निर्णय गर्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top