Banijya News

पर्यटन क्षेत्रका कम्पनको दुई अर्ब बढीको आइपिओ पाईपलाईनमै जाम

1
1.1K Shares

सात वटा होटल, पर्यटन तथा केबलकार कम्पनीको दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी बराबरको साधारण सेयर (आईपीओ) नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा पाइपलाइनमै अड्किएको छ । बोर्डबाट समयमै प्रक्रिया अघि नबढ्दा पुँजी बजारमार्फत पर्यटन क्षेत्रमा लगानी विस्तारको अपेक्षा तत्काल पूरा हुन सकेको छैन ।

धितोपत्र बोर्डका अनुसार होटल तथा पर्यटन क्षेत्रका सात कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्न कुल दुई करोड ३० लाख ४३ हजार १३० कित्ता सेयर निष्कासनको अनुमति माग्दै निवेदन दिएका छन् । अंकित मूल्यका आधारमा यसको कुल मूल्य दुई अर्ब ३० करोड ४३ लाख रुपैयाँभन्दा बढी हुन्छ । यी सबै कम्पनीले आईपीओ निष्कासनका लागि आवश्यक कागजात बुझाइसके पनि स्वीकृति प्रक्रिया लामो हुँदा सेयर बजारमा आउन सकेका छैनन् ।

पाइपलाइनमा रहेका कम्पनीमध्ये एपेक्स हस्पिटालिटी लिमिटेडले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा बढी पुगेपछि गत भदौ १८ गते पुनः आवेदन दिएको हो । यस्तै, होटल फरेस्ट इन लिमिटेडले ४० लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । यसको कम्प्लायन्स रिपोर्ट भदौमा प्राप्त भई थप अद्यावधिक विवरणसमेत पेश भइसकेको सेबोनले जनाएको छ ।

अहिले यी सात होटल तथा केबलकार कम्पनीका २३ लाख कित्ता आईपीओ पाइपलाइनमा छन् । धितोपत्र बोर्डका अनुसार सात कम्पनीको कुल २ करोड ३० लाख ४३ हजार १३० कित्ता सेयर निष्कासन गर्ने निवेदन दिएका छन् । यसको कुल मूल्य २ अर्ब ३० करोड ४३ लाख १३ हजार रुपैयाँ बराबर छ ।

पाइपलाइनमा रहेका मध्ये एपेक्स हस्पिटालिटी लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता आईपीओ ल्याउने प्रस्ताव गरेको छ । यस कम्पनीले नेटवर्थ प्रतिसेयर ९० रुपैयाँभन्दा बढी भएपछि गत भदौ १८ मा पुनः आवेदन पेश गरेको छ ।

यस्तै, होटल फरेस्ट इन लिमिटेडले ४० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कम्प्लायन्स रिपोर्ट गत भदौ ९ मा प्राप्त भई असोज ७ मा थप अद्यावधिक विवरण पेश गरिएको सेबोनले जनाएको छ ।

अकामा होटल लिमिटेडले पनि सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ कायम गरी अद्यावधिक कम्प्लायन्स रिपोर्ट गत असार ६ मा बुझाइसकेको छ ।

यस्तै, वर्णबास म्युजियम होटल लिमिटेडले ३९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले जारी पुँजीको ३६ प्रतिशतसम्म सेयर निष्कासन गर्ने गरी गत वैशाख २ मा अद्यावधिक विवरण बुझाएको हो । यस्तै, माउन्टेन ग्लोरी लिमिटेडले ४० लाख कित्ता आईपीओ ल्याउने तयारी गरिरहेको छ ।

पर्यटन पूर्वाधार अन्तर्गत मौलाकाली केबलकार लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि १८ लाख ७९ हजार १३० कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीले कम्प्लायन्स रिपोर्टसहित गत कात्तिक २४ मा आवेदन बुझाएको हो ।

त्यसैगरी, होटल सब्रिना लिमिटेडले सर्वसाधारणका लागि ४७ लाख ४ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । होटल सब्रिनाका अध्यक्ष निरञ्जन थापाले होटलमा थप लगानी विस्तार गरी नयाँ व्यवस्थापन ल्याएर पाँचतारे होटल निर्माण हुने क्रममा रहेको बताए ।

1

Scroll to Top