Banijya News

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश घोषणा

1
1.2K Shares

नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कोष सञ्चालक समितिको आइतबार साँझ बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।

यस अनुसार कोषले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश दिनेछ । उक्त लाभांश साधारण सभाबाट पारित भएपछि वितरण हुने कोष सञ्चालक समितिका सचिव नवराज खड्काले जानकारी दिए ।

कोषसँग हाल ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । घोषित लाभांश अनुसार ८४ करोड १३ लाख रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।

1

Scroll to Top