Banijya News

प्रदेश सरकारहरूले गरे २१ अर्ब ४१ करोड रुपैयाँ खर्च

1
1.2K Shares

प्रदेश सरकारहरूले ४ महिनामा साढे २१ अर्ब हाराहारीमा खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२र८३ को समग्र आर्थिक तथा वित्तीय अवस्था अनुसार कात्तिकसम्म सात प्रदेश सरकारले २१ अर्ब ४१ करोड रकम बराबर खर्च गरे ।

खर्च गर्दा प्रदेश सरकारहरूको स्रोत परिचालन ६० अर्ब ३६ करोड रुपैयाँ देखियो। केन्द्रीय बैंकका अनुसार प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ४७ अर्ब ३ करोड रहको छ। यस्तै, प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व १२ अर्ब ४८ करोड रुपैयाँ रहेको ।

1

Scroll to Top