सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय समेत सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै वार्षिक साधारण सभा बोलाएको छ ।
मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले क्रिस्टल ब्याङक्वेट, मानभवन, काठमाडौंमा विहान १०ः४५ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाका लागि गरिएको छ ।


