Banijya News

गरिमा विकास बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

1
1.1K Shares

गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६० हजार ७ सय ३९.७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

सो शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र अर्थात माघ २१ गतेभित्र आवश्यक कागजातसहित काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनसक्नेछन्।

यदी, बैंकले तोकेको मितिभित्र विद्यामान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने समेत बैंकले जनाएको छ।

1

Scroll to Top