Banijya News

तोलामा चार सयले घट्यो सुनको मूल्य

1
1.1K Shares

स्थानिय बजारमा आज सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६८ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य ३ हजार १ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने ५५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

1

Scroll to Top