Banijya News

अर्थ मन्त्रालयले निर्वाचन खर्चमा १९ अर्ब दिने सहमति

1
1.1K Shares

अर्थ मन्त्रालयले आगामी हुने निर्वाचनलाई आवश्यक खर्चका लागी १९ अर्व ११ करोड रुपैयाँ बराबरको स्रोत प्रदान सहमती गरेको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयको सहमति अनुसार निर्वाचन आयोगलाई ६ अर्ब ७३ करोड, गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड र रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड रुपैयाँ प्रदान गरीने छ ।

आगामी निर्वाचनका लागि माग गरीएको २१ अर्ब ७२ करोड रुपैयाँमध्ये अर्थ मन्त्रालयले २ अर्ब ६१ करोड कटौती गरी स्रोत सहमति दिएको छ। गृह मन्त्रालयले मागेको १७ अर्ब ७५ करोडमध्ये १० अर्ब ३९ करोड मात्र सहमती प्राप्त गर्ने भएको छ ।

मन्त्रालयले नेपाल प्रहरीलाई १ अर्ब ५० करोड, निर्वाचन प्रहरीलाई ७ अर्ब २५ करोड, सशस्त्र प्रहरी परिचालनलाई ६५ करोड र निर्वाचन सशस्त्र प्रहरीलाई ८० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ।

एक लाख ४९ हजार ९० जनालाई निर्वाचन प्रहरीमा भर्ना गरिनेछ, जसमा नेपाल प्रहरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी १५ हजार १ सय १० जना रहनेछन्।

अर्थ मन्त्रालयले रक्षा मन्त्रालयलाई निर्वाचन प्रयोजनका लागि १ अर्ब ९९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ। चालू खर्चका लागि १ अर्ब ९४ करोड र पुँजीगत खर्चका लागि ५ करोड स्वीकृत गरिएको छ। यसमा सैनिक भत्ता, रासन, डिजल, घरभाडा र निर्वाचनमा प्रयोग हुने उपकरण खरिद खर्च समावेश छ।

रक्षा मन्त्रालयले मागेको ३ अर्ब ५२ करोड रुपैयाँमध्ये ५४ करोड रुपैयाँ कटौती गरिएको हो, जसमा अतिरिक्त पुँजीगत खर्च घटाइएको छ। यस अनुसार निर्वाचनमा करिब ८० हजार सैनिक परिचालनका लागि बजेट सुनिश्चित गरिएको छ।

निर्वाचन आयोगले मागेको ७ अर्ब ८१ करोड रुपैयाँमध्ये ६ अर्ब ७३ करोड मात्रै अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आवश्यक बजेट उपलब्ध गराइएको हो। उनका अनुसार कुन शीर्षकमा कति खर्च हुने भन्ने बुझेर मात्र स्रोत सहमति दिइएको हो र बजेट अभावले निर्वाचन प्रभावित नहुने र आवश्यक परे थप रकम पनि उपलब्ध गराउने उनले दाबी गरेका छन ।

यसपालि मितव्ययी रणनीतिअनुसार मात्र स्रोत सहमति दिइएको भए पनि, २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तीनै निकायले अर्थ मन्त्रालयबाट १७ अर्ब ९ करोड ९९ लाख रुपैयाँ बराबरबको स्रोत सहमती प्राप्त गरेका थिए ।

1

Scroll to Top