Banijya News

ग्रीनलाईफ हाइड्रोपावरको साधारण सभा स्थगित

1
1.1K Shares

माघ २ गतेका लागि बोलाइएको ग्रीनलाईफ हाइड्रोपावरको साधारण सभा स्थगित भएको छ । गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको जानकारी कम्पनीले दिएको हो । पुनः सभा बस्ने र त्यसको जानकारी पछि गराउने कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र सञ्चालकहरूको बैठक भत्ता निर्धारण गर्ने प्रस्तावसहित सभा बोलाएको थियो ।

सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते नै बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र पुनः बस्ने सभाका भाग लिन सक्नेछन् ।

1

Scroll to Top