Banijya News

बैंकमा थुप्रियो १२ खर्ब बढी लगानीयोग्य रकम, किन भएन कर्जा विस्तार ?

1
1.2K Shares

बैंक तथा वित्तीय संस्थामा १२ खर्ब भन्दा बढी लगानीयोग्य रकम थुप्रीएको छ । राष्ट्र बैंकका अनुसार माघ दोस्रो सातासम्म बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम १२ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको साउनमा १० खर्ब १२ अर्ब, भदौमा १० खर्ब ४६ अर्ब र असोजमा ११ खर्ब ६१ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको थियो । त्यसयता कर्जा प्रवाहमा अपेक्षित सुधार नहुँदा तरलता थपिँदै गएको हो ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कर्जा अनुपात ७४.३० प्रतिशत छ । त्यस्तो अनुुपात ९० प्रतिशतसम्म हुने गरी कर्जा प्रवाह गर्न पाइन्छ । अर्थात् बैंकहरुले अझै निक्षेपको १५.१७ प्रतिशत रकम कर्जा प्रवाह गर्न पाउने छ । अहिले बैंकहरुमा रहेको ७६ खर्ब ७२ अर्ब निक्षेपको आधारमा १२ खर्ब ४ अर्ब ऋण दिन मिल्ने रकम रहेको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ६९ खर्ब ९ अर्ब र विकास बैंक र फाइनान्सहरुको निक्षेप सात खर्ब ६४ अर्ब रहेको छ । समीक्षा अवधिमा बैंकहरुले ५७ खर्ब ६४ अर्ब ऋण प्रवाह गरेको छ ।

रेमिट्यान्स उच्च दरले बढिरहेको तर कर्जा प्रवाह बढ्न नसकेकाले बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम थुप्रिएको अर्थविद्हरु बताउछन् । आयातमा वृद्धि भए पनि कर्जा माग हुने अनुरुप बढ्न सकेको छैन अर्थविद् केशव आर्चायले भने मासिक रुपमा १ खर्ब भन्दा बढीको आयात भएको छ । जबि कि मासिक रुपमा सवा खर्ब बढी रेमिटेन्स भित्रिएको छ । पाँच महिनामा ९ खर्ब रेमिटेन्स भित्रिदाँ छ महिनामा ९ खर्ब ३९ अर्बको आयात भएको छ । ब्याजदर न्यून रहँदा पनि तरलता बढिरहेको र ब्याजदर थप घटाएर पनि कर्जा प्रवाह हुने अवस्था नभएकाले अर्थतन्त्र तरलतामा रहेको अर्थविद्हरु बताउँछन् ।

हाल अधिक तरलताको मार सबैभन्दा बढी निक्षेपकर्तालाई परेको छ । ब्याजदर बढी हुँदा महँगो ब्याज तिर्नुपर्ने भएकाले ऋणी मारमा हुन्थे । अहिले अधिक तरलता भएकाले निक्षेपकर्ता मारमा परेको बैंंकहरु बताउछन् । तरलता व्यवस्थापनका लागि सरकारले आफै काम गर्ने र निजी क्षेत्रलाई साथमा लिएर हिड्नुको विकल्प नरहेको विज्ञहरुको भनाई छ ।

ब्याजदर न्यून हुँदा पनि कर्जा माग नबढ्दा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिँदै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । नयाँ उद्योग, व्यवसाय विस्तार तथा निजी क्षेत्रबाट लगानी नआउँदा अर्थतन्त्र चलायमान हुन नसकेको हो ।

भएन कर्जा विस्तार ?

बैंकमा पैसा थुप्रिँदा ब्याजदर एकल अंकमा झरेको छ । ब्याजदर एकल अंकमा हुँदा पनि सरकारी वित्तमा सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा अपेक्षित रूपमा कर्जा माग बढ्न सकेको छैन । कर्जा विस्तार अत्यन्त न्यून भएपछि करिब आधा दर्जन बैंकहरुको व्यवसाय खुम्चिएको छ । समग्रमा हेर्दा कर्जा प्रवाहको दर सुस्त गतिले मात्र बढेको देखिन्छ । कर्जा विस्तार नहुनुमा एउटा त बैंकको आफ्नै क्यापिटलमा दबाब छ । खराब कर्जा बढेर पुँजीमा दबाब छ ।

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहे पनि कर्जा विस्तार हुन नसक्नुको मुख्य कारण निजी क्षेत्रको कमजोर आत्मविश्वास रहेको सरोकारवालाहरू बताउँछन् । आर्थिक गतिविधि सुस्त रहँदा नयाँ उद्योग, व्यवसाय विस्तार र लगानीका प्रस्ताव नआएकाले बैंकहरूले चाहेर पनि कर्जा प्रवाह बढाउन सकेका छैनन् । ब्याजदर न्यून भए पनि बजारमा माग सिर्जना नहुँदा कर्जा विस्तार अपेक्षित रूपमा बढ्न नसकेको हो ।

अर्थतन्त्रमा अनिश्चितता कायमै रहनु, नीतिगत स्पष्टताको अभाव र राजनीतिक अस्थिरताले पनि कर्जा विस्तारमा असर परेको छ । कोरोना महामारीपछि थलिएको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्कन नसक्दा लगानीकर्ताहरू जोखिम लिन इच्छुक देखिएका छैनन् । यसका साथै जेनजी आन्दोलनपछि अर्थतन्त्र थप संकुचित भएकालृ पनि निजी क्षेत्रको मनोबल झनै कमजोर बनाएको छ ।

रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चिति बढ्दा बैंकिङ प्रणालीमा निक्षेप भने तीव्र रूपमा बढेको छ । तर आयातमुखी अर्थतन्त्र भए पनि त्यसअनुसार उत्पादनमूलक क्षेत्रमा कर्जा माग सिर्जना हुन सकेको छैन । उपभोगभन्दा बाहिर जाने दीर्घकालीन लगानी परियोजना नआउनु कर्जा विस्तारमा अर्को अवरोध बनेको छ ।

त्यसैगरी, कर्जा लिँदा बढेको जोखिम, विगतमा खराब कर्जाको अनुभव र व्यवसाय टिक्ने सुनिश्चितता नहुनुले पनि उद्यमीहरू बैंक कर्जा लिन हिच्किचाएको देखिन्छ । विज्ञहरूका अनुसार सरकारबाट स्पष्ट आर्थिक दिशानिर्देश, निजी क्षेत्रमैत्री नीति र लगानीको वातावरण नबनेसम्म बैंकमा रहेको अधिक तरलता अर्थतन्त्रमा प्रवाह हुन कठिन रहनेछ ।ाव नआएकाले बैंकहरूले चाहेर पन िकर्जा प्रवाह बढाउन सकेका छैनन् । ब्याजदर न्यून भए पन िबजारमा माग सर्जिना नहुँदा कर्जा वस्तिार अपेक्षति रूपमा बढ्न नसकेको हो ।

अर्थतन्त्रमा अनश्चितिता कायमै रहनु, नीतगित स्पष्टताको अभाव र राजनीतकि अस्थरिताले पन िकर्जा वस्तिारमा असर परेको छ । कोरोना महामारीपछ िथलएिको अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्कन नसक्दा लगानीकर्ताहरू जोखमि लनि इच्छुक देखएिका छैनन् । यसका साथै जेनजी आन्दोलनपछ िअर्थतन्त्र थप संकुचति भएकालृ पनि नजिी क्षेत्रको मनोबल झनै कमजोर बनाएको छ ।

रेमट्यिान्स आप्रवाह र वदिेशी मुद्रा सञ्चति िबढ्दा बैंकङि प्रणालीमा नक्षिेप भने तीव्र रूपमा बढेको छ । तर आयातमुखी अर्थतन्त्र भए पन ित्यसअनुसार उत्पादनमूलक क्षेत्रमा कर्जा माग सर्जिना हुन सकेको छैन । उपभोगभन्दा बाहरि जाने दीर्घकालीन लगानी परयिोजना नआउनु कर्जा वस्तिारमा अर्को अवरोध बनेको छ ।

त्यसैगरी, कर्जा लँिदा बढेको जोखमि, वगितमा खराब कर्जाको अनुभव र व्यवसाय टक्निे सुनश्चितिता नहुनुले पन िउद्यमीहरू बैंक कर्जा लनि हच्किचिाएको देखन्छि । वज्ञिहरूका अनुसार सरकारबाट स्पष्ट आर्थकि दशिानर्दिेश, नजिी क्षेत्रमैत्री नीत िर लगानीको वातावरण नबनेसम्म बैंकमा रहेको अधकि तरलता अर्थतन्त्रमा प्रवाह हुन कठनि रहनेछ ।

कृषि क्षेत्रमा प्रवाह हुने कर्जा २.२ प्रतिशतले गिरावट

बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ विस्तार हुने कर्जा २.२ प्रतिशतले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनासम्म कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको हो । चालु आवको मौद्रिक नीतिले निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार वृद्धि गर्ने लक्ष्य राखेकोमा मंसिरसम्ममा १.९ प्रतिशतमात्रै विस्तार भएको छ । यो भनेको कुल कर्जामा साउनदेखि मंसिरसम्म १ खर्ब २ अर्ब २४ करोड रुपैयाँमात्रै कर्जा विस्तार भएको हो ।

मंसिरसम्ममा कुल कर्जा ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये कृषि क्षेत्रमा प्रवाहित हुने कर्जा गत आवको सोही अवधिको तुलनामा घटेको हो । गत आवको मंसिरसम्ममा अघिल्लो वर्षको सोही अवधिभन्दा १ खर्ब ७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले कर्जा विस्तार बढेको थियो । कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा भने ०.७ प्रतिशतले घटेको थियो ।

आव २०८१–८२ को तुलनामा २०८२–८३ को मंसिरसम्ममा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा झनै घटेको तथ्यांकले देखाउँछ । चालु आवको मंसिरसम्ममा कृषि क्षेत्रमा ४ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ कर्जा विस्तार भएको छ । गत आवको सोही अवधिमा ४ खर्ब १५ अर्ब ४९ करोड विस्तार भएको थियो । गत असारसम्ममा यस क्षेत्रमा ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ कर्जा विस्तार भएको थियो । अघिल्लो आवको असारसम्म यो रकम ४ खर्ब १८ अर्ब ५९ करोड रुपैयाँ थियो ।

कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये चियातर्फको कर्जा विस्तार मात्रै बढेको केन्द्रीय बैंकको तथ्यांक छ । यस क्षेत्रमा चालु आवको ६ महिनामा ०.२ प्रतिशतमात्रै बढेको छ । फार्मिङ, पशुपालन, माछापालन तथा अन्य कृषिजन्य क्षेत्रमा कर्जा प्रवाह विगतको तुलनामा घटेको छ । कृषि कर्जाको ‘डिफल्ट’ दर बंैकिङ प्रणालीको औसतभन्दा दोब्बर भएको अध्ययनहरूले देखाउँदै आएका छन् । मंसिरसम्ममा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा ५.२६ प्रतिशत छ । अहिले कृषिमा नयाँ परियोजना आउनै छाडेको बैंकरहरू बताउँछन् ।

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैंले मूल्यांकन गरी १० लाख रुपैयाँसम्म कृषि वा व्यावसायिक कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ । यसरी प्रवाह हुने कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरिएको लगायतका व्यवस्थाहरू कार्यान्वयनमा आएको छ । कृषि क्षेत्रमा कर्जा प्रवाह बढाउन लचकता अपनाइए पनि कर्जाको माग भने हुन सकेको छैन ।

1

Scroll to Top