मंगलबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । हिजो ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


