Banijya News

तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

1
1.2K Shares

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा १०० रुपैयाँले घटेको हो । महासंघले आजका लागि प्रतितोला तीन लाख ६ हजार ५०० रुपैयाँ तोकेको छ ।

हिजो तीन लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर पाँच हजार ३४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top