Banijya News

तोलामा ५६ सयले बढ्यो सुनको मुल्य

1
1.2K Shares

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (फागुन १०) सुन तोलामा ५६ सय रुपैयाँले बढेको हो । आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच गर्न सकिनेछ ।

गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ तोलामा ३ सय ७५ रुपैयाँले बढेको छ । शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।

1

Scroll to Top