भगवति हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले यस वर्षको १४ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट यस वर्ष १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत कात्तिक २ गते सम्पन्न २५औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
नगद लाभांश कात्तिक १४ गतेदेखिनै वितरण गरेको कम्पनीले बोनस शेयर भने दोस्रो बजारमा सूचीकृत पछि वितरण गरेको हो । कम्पनीले दोस्रो बजारमा फागुन १७ गते बोनस शेयर सूचीकृत गराई फागुन १९ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न सुरु गरेको हो ।
लाभांश तथा सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज २० गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


