Banijya News

रवि लामिछानेले चुनावमा कति गरे खर्च ?

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भन्दा कम खर्च गरेको पाइएको छ । सभापति लामिछानेले चुनावमा जम्मा ९ लाख ८९ लाख हजार रुपैयाँ खर्च गर्दा बालेनको खर्च भने १४ लाख १७ हजार २८९ रुपैयाँ रहेको छ ।

चितवन–२ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् । उम्मेद्वारी मनोनयन दर्ता खर्च १० हजार रुपैयाँ, नमुना मतपत्र छपाई ६८ हजार १६१ रुपैयाँ, हवाई खर्च १३ हजार ६२६ रुपैयाँ र गोष्ठी भेला एक लाख ८० हजार रुपैयाँ रहेको लामिछानेले निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ ।

लामिछानेले सबैभन्दा बढी खर्च यातायात तथा इन्धनमा गरेका छन् । उनले यातायात र इन्धनका लागि २ लाख ९५ हजार रुपैयाँ खर्च गर्दा मनोनयन दर्ताका लागि १० हजार मात्रै खर्च गरेका छन् ।

1

Scroll to Top