Banijya News

प्रतितोला २ हजार रूपैयाँले घट्यो सुनको मुल्य

1
1.2K Shares

बिहीबार स्थानीय बजारमा सुनको मुल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघि प्रतितोला १ लाख १९ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ आज भने घटेर १ लाख १७ हजार रुपैयाँ कायम भएको हो ।

यता, चाँदीको भाउ पनि तोलामा २८५ रुपैयाँले घटेको छ । महासङ्घले आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँमा कारोबार हुने जनाएको छ । यसअघि चाँदी तोलामा ५ हजार ७२० रुपैयाँ पुगेको थियो ।

1

Scroll to Top