Banijya News

दुग्ध उत्पादकले पाएनन् ६ महिनादेखिको पैसा, ५५ करोड लिन बाँकी

1
1.1K Shares

चितवन : जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५ करोड रुपैयाँ भुक्तानी पाउन सकेका छैनन्। उनीहरूले ६ महिनादेखिको भूक्तानी पाउन नसकेका हुन्। जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार गत कात्तिकदेखिको दुधको भुक्तानी नपाउँदा किसान समस्यामा छन्। बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन्।

‘संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भूत्तानी बाँकी छ’, उनले भने। साना उद्योगले नियमित भुक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भूक्तानी बाँकी रहेको अध्यक्ष बगालेले जानकारी दिए। जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध बिक्री गर्न जिल्ला बाहिर लैजाने गरिन्छ। यहाँका ११५ दुग्ध उत्पादक सहकारी संघले दैनिक दूध संकलन गरेर ठूला उद्योगलाई बिक्री वितरण गर्ने गरेका छन्।

जिल्लामा ४० हजार किसानले दूग्ध उत्पादन गर्दै आएका छन्।

1

Scroll to Top