राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत फागुनमा सम्पन्न आम निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएपछि सरकारले पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा यति बेला शक्तिशाली सरकार छ । यही सरकारले आज प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
विगतको परिपाटी हेर्दा नीति तथा कार्यक्रम उद्घोष गरेर पनि सरकारले आफ्नै नीतिहरु कार्यान्वयन नगर्ने अवस्था छ । तर, यसपटक झण्डै दुई तिहाईसहितको सरकार भएकाले सरकारले घोषणा गर्ने नीति तथा कार्यक्रम कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।
नीति तथा कार्यक्रमको पूर्णपाठः


