April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

चालु आवको ७ महिनमा फाइनान्स कम्पनीहरुको खुद नाफा ४६ करोड १६ लाख

चालु आवको ७ महिनमा फाइनान्स कम्पनीहरुको खुद नाफा ४६ करोड १६ लाख

 

Advertisement

चालु आर्थिक वर्षको ७ महिनमा फाइनान्स कम्पनीहरुको खुद नाफा ४६ करोड १६ लाख पुगेको छ ।

Advertisement

चालु आवको माघ मसान्तसम्म फाइनान्स कम्पनीहरुको नाफा आधा अर्ब नजिक पुगेको हो । यो अवधिमा कुल फाइनान्स कम्पनीहरुमध्ये ११ वटाले नाफा आर्जन गरेका छन् भने ६ वटाले घाटा व्यहोरेका छन् ।

नाफा कमाउनेको शिर्ष स्थानमा गोर्खाज फाइनान्स रहेको छ । कम्पनीले ७ महिनामा १२ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै मन्जुश्री फाइनान्सले ११ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

 

त्यसैगरी, आईसीएफसी फाईनान्सले ७ करोड १३ लाख, पोखरा पाईनान्सले २ करोड ८३ लाख र गुडविल फाइनान्सले २ करोड ६३ लाख खुद नाफा आर्जन गरेको छ । यता सबैभन्दा धेरै घाटा व्यहोर्ने कम्पनीमा प्रोग्रेसिभ फाइनान्स रहेको छ । जसले पछिल्लो ७ महिनामा १३ करोड ५७ लाख घाटा व्यहोरेको छ ।