May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम कति ?

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम कति ?

आज सेयर बजारमा सामान्य अंकले सुधार आएको छ । साताको दुई कारोबार दिन आइतबार र सोमबार निरन्तर ओरालो लागेको नेप्से आज ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा बन्द भएको छ । मंगलबार सार्वजनिक बिदा भएको हुदा कारोबार बन्द रहयो ।

Advertisement

सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ । सामान्य अंकले बढेको बजारमा कारोबार रकम भने सोमबारको तुलनामा बढेको छ । यसदिन ३१३ स्क्रिप्सको ७२ लाख ८४ हजार २७२ कित्ता सेयर २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँमा खरिदबिक्री भए । सोमबार २ अर्ब ५ करोड र आइतबार २ अर्ब २५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।

Advertisement

आज कारोबारमा आएका ११३ स्क्रिप्सको मूल्य बढ्दा ११७ वटाको घट्यो भने १५ को मूल्य स्थिर रह्यो ।

यसदिन पोखरा फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, गुराँस लघुवित्तको ९.९२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ७.५५ प्रतिशत, नेपाल फाइनान्सको ५.७६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.५३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज माइखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.८४ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४७० रूपैयाँ कायम भएको छ। यस्तै, नबिल डिबेन्चर २०८५ को मूल्य ३।९६ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य ९५५ रूपैयाँ ६० पैसामा झरेको छ।

त्यस्तै, आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ६३ करोड ३० लाख ९३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको १४ करोड ८० लाख १६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै गुर्खाज फाइनान्सको ८ करोड ३२ लाख ७५ हजार रुपैयाँ, नेपाल फाइनान्सको ५ करोड ७४ लाख ९२ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ६० लाख २६ हजार रुपैयाँको कारोबार भएको हो ।