May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

एनआइसी एसिया बैंकले आज बिहीबार ( वैशाख १३ गते) देखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमीको ६८ हजार ८०५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

यसमा लगानीकर्ताले न्यूनतम २५० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा वैशाख २१ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

Advertisement