Banijya News

भुजुङ हाइड्रोपावरको आईपीओमा स्थानीयले आवेदन दिने आज अन्तिम दिन

1
1.1K Shares

भुजुङ हाइड्रोपावरको आईपीओमा आयोजना प्रभावित स्थानीयका लागी आज आवेदन दिने अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस ३ गतेबाट पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको थियो। जसमा स्थानीयले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन। यो आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई भने पुस ७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावरलाई जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबराको १०० रुपैयाँ अकित दरका साधारण सेयर निष्कासनको अनुमति दिएको छ। जसमा जारी पुँजीको १० प्रतिशत अर्थात १० करोड रुपैयाँबराबरको सेयर आयोजना प्रभावित र १० करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणका लागि भनेर तोकिएको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमध्ये लमजुङको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ प्रत्यक्ष प्रभावित क्षेत्रका लागि ६० प्रतिशतले हुन आउने ६ लाख कित्ता र ४० प्रतिशतले हुन आउने ४ लाख कित्ता सोही गाउँपालिकाका वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का लागि अप्रत्यक्ष रुपमा प्रभावित स्थानीयका लागि जारी गरेको छ।

यसैगरी सर्वसाधारणका लागि छुट्याएको १० लाख कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख कित्तामा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

स्थानीयले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन । स्थानीयले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसीसहर शाखा र भुजुङ हाइड्रोपावरको काठमाडौंको सामाखुसीस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन पाउँनेछन् ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

1

Scroll to Top