Banijya News

सिटिजन्स बैंकद्वारा मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यमा क्यान्सरबारे सचेतना वेबिनार आयोजना

1
1.1K Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ । उक्त पहल अन्तर्गत क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको हो ।

मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ । कार्यक्रम अन्तर्गत सबै महिला कर्मचारीहरूका लागि ‘स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू’विषयक वेबिनार आयोजना गरिएको हो, जसको सहजिकरण डा. कञ्चन कौर, वरिष्ठ निर्देशक स्तन क्यान्सर मेदान्त अस्पतालले गरेका हुन् । माघ १३, २०८२ (मंगलबार) यस कार्यक्रममा कुल पाँच सय १३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए, जसले गर्दा कार्यक्रम अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी बन्न सफल रह्यो । त्यसैगरी, माघ १४, बुधबार ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि ‘प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ’ विषयक सत्र समेत सञ्चालन गरिएको छ । जसमा डा. पुनीत आहुलवालिया, वरिष्ठ निर्देशक मेदान्त अस्पतालले उक्त सत्रको सहजीकरण गरेकी थिइन् ।

यसमा कुल पाँच सय ९ जना कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए । साथै दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने अपेक्षा बैंकले गरेको छ । बैंकले कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी बैंकका ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले बैंकका कार्ड वाहक ग्राहकहरूलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा एक सय ५५ सम्म छुट उपलब्ध गरिएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सय वटा शाखा, एक सय ६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ्ग ईकाइहरूबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

1

Scroll to Top