Banijya News

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स पौने १८ करोड घाटामा

1
1.1K Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८२र०८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा उल्लेख्य वित्तीय गिरावट बेहोरेको छ । कम्पनीले सार्वजनिक गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा संस्था १७ करोड ८५ लाख ५२ हजार रुपैयाँ खुद घाटामा गएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा २२ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको यो कम्पनीले एक वर्षको अन्तरालमा ठूलो वित्तीय संकुचन सामना गरेको हो । नाफाको तुलनामा घाटाको खाडल गहिरिएसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि १२।७२ रुपैयाँले ऋणात्मक बन्न पुगेको छ। कम्पनीको व्यवसायिक कारोबार अर्थात् बीमा शुल्क संकलनमा भने सामान्य वृद्धि देखिएको छ । गत वर्ष १ अर्ब ५४ करोड १७ लाख रुपैयाँ संकलन गरेको कम्पनीले यस वर्षको ६ महिनामा १ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बीमा शुल्क उठाएको छ ।

यस अवधिमा कम्पनीले ६ हजार छ सय ४८ वटा दाबी भुक्तानी फछ्र्यौट गरेको छ। यद्यपि, व्यवसाय विस्तारको प्रयासका बाबजुद लगानीको पोर्टफोलियो भने केही खुम्चिएको देखिन्छ । गत वर्ष पुस मसान्तसम्म ९ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको कम्पनीको कुल लगानी यसपटक घटेर करिब ८ अर्ब रुपैयाँमा झरेको छ । जसमध्ये ५ अर्ब २४ करोड रुपैयाँ अल्पकालीन र २ अर्ब ६९ करोड रुपैयाँ दीर्घकालीन क्षेत्रमा परिचालन गरिएको छ। वित्तीय सूचकहरू ऋणात्मक देखिए पनि कम्पनीको दायित्व वहन गर्ने क्षमता भने सुरक्षित देखिएको छ ।

विवरण अनुसार कम्पनीको सल्भेन्सी मार्जिन रेसियो तिन सय ८५।६० प्रतिशत रहेको छ, जुन नियामक निकायले तोकेको न्यूनतम सीमाभन्दा निकै राम्रो हो । हाल कम्पनीको प्रति शेयर नेट वर्थ दुई सय ४१।३५ रुपैयाँ र प्रति शेयर सम्पत्ति मूल्य सात सय ५९।९० रुपैयाँ कायम रहेको छ । नाफामा देखिएको यो गिरावटले आगामी दिनमा लगानीकर्ताको लाभांशमा प्रत्यक्ष प्रभाव पर्न सक्ने देखिए पनि बलियो सल्भेन्सी रेसियोका कारण कम्पनीको वित्तीय स्वास्थ्य भने तत्काल जोखिममा नरहेको विश्लेषण गरिएको छ ।

1

Scroll to Top