Banijya News

नेपाल टेलिकमका २८ दिने प्याकेज अब ३० दिनसम्म

1
1.1K Shares

नेपाल टेलिकम (एनटिसी) ले आफ्ना प्रिपेड ग्राहकहरूका लागि उपलब्ध २८ दिने प्याकेजहरूको समयसीमा बढाएर ३० दिन कायम गरेको छ। यसअघि नै ‘कम्बो-२९९’ प्याकमा परीक्षण स्वरूप लागू गरिएको यो व्यवस्थालाई कम्पनीले वैशाख ११ गतेदेखि अन्य सबै २८ दिने प्याकेजहरूमा पनि विस्तार गरेको हो। टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार ग्राहकको सुविधा र बजारको मागलाई ध्यानमा राख्दै केही मूल्य समायोजनसहित प्याकेजको अवधि ३० दिन पुर्‍याइएको हो।

यो नयाँ व्यवस्था लागू भएपछि अब ग्राहकहरूले महिनामा एक पटक मात्र रिचार्ज गर्दा महिनाभरि सेवा लिन सक्नेछन्। उही प्याकेजमा थप दुई दिन सेवा उपलब्ध हुने भएपछि डेटा, भ्वाइस र एसएमएस प्रयोगकर्ताहरू प्रत्यक्ष लाभान्वित हुने कम्पनीको विश्वास छ। उपभोक्तामैत्री सुधारको रूपमा लिइएको यस कदमले ग्राहकको खर्च व्यवस्थापनलाई सरल बनाउनुका साथै दूरसञ्चार सेवाको उपभोगमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

1

Scroll to Top