Banijya News

सरुवा भएका कर्मचारी हाजिर नभए कारबाही हुने : प्रशासन मन्त्रालय

1
1.1K Shares

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यालयमा सरुवा भएका तर हालसम्म कार्यस्थलमा नपुगेका कर्मचारीहरूलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै सरुवा भइसकेका कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा रमाना लिन र सम्बन्धित कार्यालयमा हाजिर हुन ताकेता गरेको हो। कार्यस्थलमा कर्मचारी अनुपस्थित हुँदा सेवा प्रवाहमा समस्या परेको गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

यसैक्रममा मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, र शिक्षा मन्त्रालयका साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारका कार्यालयहरू र मुड्केचुला गाउँपालिकालाई पत्राचार गर्दै कर्मचारी विवरण मागेको छ। सम्बन्धित कार्यालयहरूलाई खटाइएका कर्मचारीलाई तुरुन्त हाजिर गराउन र सरुवा भएकालाई रमाना दिई सोको जानकारी उपलब्ध गराउन समेत भनिएको छ। तोकिएको समयसीमाभित्र निर्देशन पालना नगर्ने कर्मचारीहरूमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ।

1

Scroll to Top