यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले आफ्नो नेटवर्क विस्तार गर्ने क्रममा काठमाडौंको बुढानीलकण्ठस्थित गणेश चोकमा नयाँ थ्री एस (3S) सोरूम सञ्चालनमा ल्याएको छ। ‘व्हिलिश ग्यालोर’ नाम दिइएको यस नयाँ सोरूमको एक औपचारिक कार्यक्रमका बीच बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले उद्घाटन गरेका छन । यामाहा नेपालको यो १०३औं सोरूम हो।
उद्घाटन कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा तथा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सिइओ दीपक कुमार अग्रवाल लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। नयाँ सोरूममा ग्राहकहरूका लागि बिक्री , सेवा र स्पेयर पार्ट्स सम्बन्धी सम्पूर्ण सुविधाहरू एउटै छानामुनि उपलब्ध गराइएको छ। यसबाट बुढानीलकण्ठ र त्यस आसपासका राइडरहरूले आवश्यक पर्ने सबै सेवा र सुविधाहरू सजिलै एउटै स्थानबाट प्राप्त गर्न सक्नेछन्। दक्ष जनशक्ति र आधुनिक पूर्वाधारसहित स्थापना गरिएको ‘व्हिलिश ग्यालोर प्रा. लि.’ ले ग्राहकहरूलाई हरेक पटक सहज र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सिइओ दीपक कुमार अग्रवालले भने, ‘बुढानीलकण्ठमा यस नयाँ सोरूमको सञ्चालनले यामाहाको गुणस्तरीय सेवालाई अझ धेरै ग्राहकहरूसम्म पुर्याउने हाम्रो प्रतिबद्धतालाई साकार पार्न सहयोग गर्नेछ। प्रत्येक नयाँ आउटलेटले नेपालभर हाम्रो सशक्त र संगठित सञ्जाल निर्माण गर्ने प्रयासलाई अगाडि बढाउँछ।’
बुढानीलकण्ठ सोरूमको स्थापनाले काठमाडौं उपत्यकामा यामाहा नेपालको विस्तार हुँदै गएको उपस्थितिलाई थप मजबुत बनाउनेछ। यसले स्थानीय राइडरहरूलाई यामाहाका सम्पूर्ण मोटरसाइकल तथा स्कुटर लाइनअप, जेनुइन स्पेयर पार्ट्स र व्यावसायिक सेवामा सहज पहुँच प्रदान गर्नेछ। एमएडब्लू राइड्स अन्तर्गत सञ्चालन भइरहेको यामाहा नेपालले गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ, जसले यामाहालाई नेपाली बजारमा एक अत्यन्तै भरपर्दो र विश्वसनीय मोटरसाइकल ब्रान्डका रूपमा स्थापित गरेको छ।


