Banijya News

स्मार्ट टेलिकमका अध्यक्ष जोशी ठगी कसूरमा पक्राउ

1
1.0K Shares

स्मार्ट टेलिकम प्रालिका अध्यक्ष सर्बेश जोशीलाई ठगी तथा आपराधिक विश्वासघात कसूरमा प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतको अनुमति लिई उनलाई सोमबार पक्राउ गरेको हो। स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि २०८० वैशाख ३ गतेदेखि उक्त कम्पनीको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र स्वतः रद्द भएको थियो। त्यसपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो।

सीआईबीका प्रवक्ताका अनुसार, प्राधिकरणले नियन्त्रणमा लिएको सरकारी सम्पत्तिको हक टुटाउने र बेइमानी गर्ने उद्देश्यले कार्य गरेको पाइएपछि जोशीलाई पक्राउ गरिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

1

Scroll to Top