प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा २७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.६० प्रतिशतले बढी हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्ममा ४ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १८.८९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ४९ करोड रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी पनि ४ अर्ब ५४ करोडबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको कुल खर्च पनि ४ अर्ब २६ करोडबाट बढेर ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको महाविपत्ति कोषको आकार १३ करोड ८४ लाख रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ३३ करोड २१ लाख र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ र पीई अनुपात ६९.७६ गुणा कायम भएको छ ।


