Banijya News

नेप्सेमा करेक्सन निरन्तर, कारोबार रकममा सामान्य वृद्धि

1
1.0K Shares

पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेमा आज बिहीबार पनि करेक्सन आएको छ । वैशाख महिनाको अन्तिम दिन आज नेप्से परिसूचक १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा बन्द भएको छ ।

त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ ।
नेप्से घटेपनि विहीबार कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार २ अर्ब ८० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो । आज ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

यस दिन यूनियन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.७९ प्रतिशत बढेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको एशियन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.८९ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३७ करोड ६८ लाख २६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन साहस उर्जा र एसवाई प्यानल नेपालको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । आज विहीबार जीवन बीमा, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ ।

1

Scroll to Top