Banijya News

काठमाडौंमा ग्लोबल कन्जुमर एक्स्पो २०२६ हुने

1
1.0K Shares

उपभोक्तालाई लक्षित गरी आयोजना गरिने ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने भएको छ । उक्त एक्स्पो आगामी जुन १२ देखि १६ तारिखसम्म हुने भएको छ ।

आयोजकका अनुसार ‘शपिङको नयाँ ठेगाना’ भन्ने नारासहित आयोजना हुने उक्त मेलामा स्वदेशी तथा विदेशी ब्रान्ड, नवप्रवर्तनकारी व्यवसाय र हजारौं उपभोक्ताको सहभागिता रहने छ । मेलाले व्यवसाय–देखि–व्यवसाय तथा व्यवसाय–देखि–उपभोक्ता नेटवर्क विस्तार गर्ने उद्देश्य राखेको छ ।

आयोजकका अनुसार एक्स्पोमा विभिन्न क्षेत्रका १०० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ । प्रदर्शनीमा एफएमसीजी, घरायसी सामग्री, इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला र गहना लगायतका उत्पादनहरू राखिनेछन् ।

मेलामा करिब ३५ हजारभन्दा बढी आगन्तुक आउने अनुमान गरिएको छ । आगन्तुकले विभिन्न स्टलमार्फत उत्पादनहरूको प्रत्यक्ष अवलोकन तथा खरिद गर्न सक्नेछन् । साथै, कला तथा हस्तकलाको प्रत्यक्ष अनुभव दिने इन्टरएक्टिभ जोन पनि रहने बताइएको छ । मेलाका क्रममा विशेष छुट, लक्की ड्र तथा उपहार योजनाहरू समेत सञ्चालन गरिने छन् ।

आयोजक इभेन्ट सोलुसनले यसलाई नेपालको बढ्दो उपभोक्ता अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ । एक्स्पोमा प्रवेश सबै उमेर समूहका लागि खुला रहनेछ ।

1

Scroll to Top