Banijya News

धवलशमशेर अध्यक्ष र दुर्गा प्रसाईं सर्वमान्य नेता बन्ने गरी नयाँ दलको तीव्र तयारी

1
1.0K Shares

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग औपचारिक रूपमा सम्बन्धविच्छेद गरेको डा. धवलशमशेर राणा समूह र चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको महाअभियान मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारीलाई तीव्र पारेका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको पूर्व(तयारी तथा भावी रणनीतिबारे जानकारी गराउन आइतबार एक पत्रकार सम्मेलनको समेत आयोजना गरिएको छ।

आगामी असारको पहिलो साताभित्र यो नयाँ पार्टीले औपचारिक र कानुनी आकार लिइसक्नेछ। नयाँ पार्टी निर्माणको गृहकार्य निकै तीव्र गतिमा भइरहेका बेला पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि दुवै पक्षबिच प्रारम्भिक समझदारी बनिसकेको छ।

पूर्वमन्त्री समेत रहेका नेता दिलनाथ गिरीका अनुसार नयाँ पार्टीको सांगठनिक र प्रशासनिक नेतृत्व धवलशमशेर राणाले गर्ने सहमति भएको छ भने अभियानका संयोजक दुर्गा प्रसाईंलाई पार्टीको ‘सर्वमान्य नेता’ का रूपमा अगाडि सार्ने समझदारी जुटेको छ। राप्रपाबाट अलग भएको समूह र विगत केही समयदेखि सनातन हिन्दु राष्ट्र एवं राजसंस्था पुनस्र्थापनाको एजेन्डा बोकेर सडक आन्दोलन गरिरहेको प्रसाईंको महाअभियान एकै ठाउँमा उभिएर नयाँ दल घोषणा गर्न लागेपछि नेपाली राजनीतिक वृत्तमा यसलाई निकै चासो र तरङ्गका साथ हेरिएको छ।

1

Scroll to Top