Banijya News

नेपाल लाइफको सीईओमा पुनः प्रविणरमण पराजुली नियुक्त

1
1.0K Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः प्रविणरमण पराजुली नियुक्त भएका छन्। कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको नयाँ कार्यकालका लागि करारमा पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो।

यसअघि नेपाल लाइफमा आफ्नो पहिलो चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरिसकेका पराजुलीले यो निर्णयसँगै दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्ने भएका हुन् । कम्पनी सचिव विनोद भुजेलका अनुसार सञ्चालक समितिले उनको कार्यकुशलताको मूल्याङ्कन गर्दै नेतृत्वमा निरन्तरता दिने निर्णय गरेको हो।

लामो समयदेखि नेपाली बीमा क्षेत्रमा सक्रिय पराजुली एक अनुभवी र सबल व्यवस्थापकका रूपमा परिचित छन्। उनको यो पुनर्नियुक्तिले नेपाल लाइफलाई जीवन बीमा बजारमा आफ्नो अग्रणी स्थान र व्यावसायिक उचाइलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

1

Scroll to Top