Banijya News

स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न सरकारी निकायमा पदाधिकारी माग

1
1.0K Shares

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न चिकित्सा परिषद्हरू, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डमा रिक्त रहेका उच्च पदहरूका लागि दरखास्त माग गरेको छ। मन्त्रालयले आज मङ्गलवार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको हो।

मन्त्रालयका अनुसार नेपाल मेडिकल काउन्सिल, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेसी परिषद्मा अध्यक्ष तथा रजिस्ट्रार पदका लागि आवेदन खुला गरिएको छ, जसमध्ये नर्सिङ परिषद्का लागि उपाध्यक्ष पदमा समेत दरखास्त दिन सकिनेछ। यसैगरी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि ७ जना सदस्य र १ जना सदस्य सचिव, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका लागि कार्यकारी निर्देशक, तथा स्वास्थ्य बिमा बोर्डका लागि अध्यक्ष र कार्यकारी निर्देशक पदमा पदपूर्तिको प्रक्रिया अघि बढाइएको हो। सम्बन्धित ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका विज्ञहरूले तोकिएको समयावधिभित्र मन्त्रालयमा आवेदन दिनुपर्नेछ।

1

Scroll to Top