साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा नेप्से परिसूचकमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर खरिद बिक्री हुँदा रू। ४ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३१ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्से परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा पुगेको छ। आजको बजारमा सोपान फर्मासयुटिकल्सका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेरिभ सर्किट लागेको छ ।


