Banijya News

मन्त्रीको निरीक्षण होइन, जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री सुधन गुरुङ

1
1.0K Shares

गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारले मन्त्रीहरूको स्थलगत निरीक्षणभन्दा जनताको जीउज्यानको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले विपद्को समयमा छिटो र प्रभावकारी उद्धारका लागि हेलिकप्टर परिचालनदेखि आधुनिक प्रविधिको प्रयोग गर्नेसम्मको तयारी पूरा भएको जानकारी दिए।

विगतमा उद्धार र राहतका क्रममा देखिएका कमजोरीहरू यसपटक नदोहोरिने दाबी गर्दै गृहमन्त्री गुरुङले पहिरोग्रस्त क्षेत्र पहिचान र तत्काल सडक सञ्चालनका लागि विशेष मोबाइल एप प्रयोगमा ल्याइएको बताए। मन्त्रालयले विकास गरेको उक्त एपमार्फत कुन-कुन क्षेत्रमा डोजर तथा हेभी इक्विपमेन्टहरू उपलब्ध छन् भन्ने कुराको प्रत्यक्ष निगरानी हुने र राजमार्ग अवरुद्ध हुनासाथ तुरुन्तै खुलाउने गरी संयन्त्र तयार गरिएको उनको भनाइ छ।

कुनै पनि नागरिकले विगतमा जस्तो बाढी र पहिरोका कारण लामो समय सडकमा अलपत्र पर्नु नपर्ने वातावरण बनाउन गृह प्रशासन लागिपरेको मन्त्री गुरुङले स्पष्ट पारे। विगतमा आफैँ पनि धरातलमा खटिएको अनुभव सुनाउँदै उनले यस वर्षको मनसुनमा गृह मन्त्रालयले ‘एक्सन-ओरिएन्टेड’ भएर द्रुत गतिमा उद्धार तथा राहत कार्य अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे।

1

Scroll to Top