बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीका ७७ लाख ४३ हजार ३० कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कम्पनीहरुमध्ये ७७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ । आज एपोलो हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । त्यस्तै, सोपान हाइड्रोपावरको मूल्य १४.९९ प्रतिशत र आत्मनिर्भर लघुवित्तको मूल्य १२.५३ प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको २३ करोड ५ लाख र सीइडीबी हाइड्रोपावरको १४ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


