Banijya News

गृहमन्त्रीको अम्लेटमा काँडा भेटिएपछि होटललाई तीन लाख जरिवाना

1
1.0K Shares

चितवनको भरतपुर महानगरपालिका–१० स्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटलमा मंगलबार गृहमन्त्री सुधन गुरूङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि जिल्ला प्रशासन कार्यालयले उक्त होटललाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। गृहमन्त्रीको सचिवालयले चासो देखाएपछि सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीले होटलको भान्सा र भण्डारणमा तत्काल आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा होटलले गुणस्तरहीन खाने तेल प्रयोग गरेको, तरकारी ताजा नराखेको र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अन्य खाद्य सामग्री प्रयोग गरेको पाइएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गरी गुणस्तरहीन वस्तु तथा सेवा उपलब्ध गराएकाले होटललाई कानुनी व्यवस्थाबमोजिम जरिवाना गरिएको हो। साथै अनुगमन टोलीले होटलबाट बरामद गरेका सबै अखाद्य सामग्रीहरू तत्काल नष्ट गर्ने निर्णयसमेत गरेको छ। गृहमन्त्री जोडिएको यो घटनापछि चितवनका होटल तथा रेस्टुरेन्टहरूमा खाद्य स्वच्छताको मापदण्ड र नियमित अनुगमनको प्रभावकारिताबारे पुनः राष्ट्रिय स्तरमै बहस सुरु भएको छ।

1

Scroll to Top