Banijya News

यूनाइटेड अजोड इन्स्योरेन्सको एजीएम असार ३१ गते हुने

1
1.0K Shares

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असार ३१ गतेका लागि सभा आह्वान गरेको हो ।

 

 

भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सभा बिहान १०ः३० बजेदेखि सुरु हुने जनाइएको छ । उक्त सभाका लागि कम्पनीले असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ ।

सभामा हाल चुक्ता भएको पूँजी २ अर्ब ३१ करोडको ०.२२५६ प्रतिशतका दरले हुने नगद लाभांश ५२ लाख १० हजार ५२६ रुपैयाँ प्रस्तावित लाभांशको कर प्रयोजनार्थ पेश हुनेछ ।

हालको चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ । बोनस शेयर जारी गरे पश्चात् कम्पनीको जारी पूँजी २ अर्ब ६४ करोड पुग्ने हुँदा र सोही बमोजिम कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा संशोधनकाे प्रस्ताव पेश हुनेछ ।

1

Scroll to Top