हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले संस्थापक तथा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालक नियुक्त गरेको छ । कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि संस्थापक सेयरधनीको तर्फबाट प्रकाशमुनि बज्राचार्य तथा सर्वसाधारण सेयरधनीको तर्फबाट सुरक्षा काफ्लेलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
कम्पनीका अनुसार उक्त नियुक्तिलाई अनुमोदनका लागि आगामी वार्षिक साधारणसभामा पेश गरिनेछ । नवनियुक्त सञ्चालक प्रकाशमुनि बज्राचार्यले संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्नेछन् भने सुरक्षा काफ्लेले सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्नेछन् ।
यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सका चार जना सञ्चालकको राजीनामा पनि स्वीकृत गरिएको छ । हिमालयनको सञ्चालक समितिले कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको राजीनामा स्वीकृत गरेको हो ।
समितिको बैठकले सञ्चालक सौरभ दुगड (संस्थापक समूह), प्रमिला केसी, सचिन आचार्य तथा आशिष ढकाल (सर्वसाधारण सेयरधनी समूह) ले पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार, उक्त निर्णय सम्बन्धित नियामक निकायलाई जानकारी गराइएको छ ।


