Banijya News

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा विशेष छुट

1
1.0K Shares

नेपाल बैंक लिमिटेडका ग्राहक र कार्यरत कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् ।नेपाल बैंक र र काठमाडौंको नयाँबजारमा रहेको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लिबीच बैंकका ग्राहक र कर्मचारीलाई छुट दिने सम्झौता भएसँगै यस्तो छुट पाउने भएका हुन् ।

दुई संस्थाबीच भएको सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक र बैकमा कार्यरत कर्मचारीलाई पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा समेतमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिइनेछ ।

अब बैंकका ग्राहक र कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गर्दा बिरामी दर्ता र चेकअपमा १०० प्रतिशतसम्म र अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कमा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्‌ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक रोशन लुईंटेलले हस्ताक्षर गरेका छन् ।

नेपालको पहिलो बैंकको रूपमा परिचित नेपाल बैंकले नेपालभर २३१ शाखा, २४६ एटीएम काउन्टरका साथै ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको छ ।

1

Scroll to Top