Banijya News

नेप्सेसँगै घट्यो कारोबार रकम, शेयर किनबेच तीन अर्ब ७७ करोडमा खुम्चियो

1
1.0K Shares

शेयर बजारको ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ४.०५ अंक घटेर २६५०.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक घटेको छ ।

१३ उपसमूहमध्ये आज शुक्रबार चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्यूच्युअल फण्ड उपसमूहको परिसूचक बढेको हो । यस दिन बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा टुरिज्म, हाइड्रोपावर, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको सूचक घटेको छ ।

शुक्रबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज शेयर कारोबार रकम तीन अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरमा सीमित भएको छ । हिजो बिहीबार ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो ।

शेयर कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्य सर्वाधिक बढेको छ । यस लघुवित्तको शेयर मूल्य ८.५४ प्रतिशतले बढेर पाँच हजार ९९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, एचएलआई लार्ज क्याप र एनआईसी एशिया ब्यालेन्स फण्डको इकाई मूल्य ५ प्रतिशत भन्दा बढी बढेको छ । आजको बजारमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सवार्धिक घटेको छ । यस दिन कम्पनीको शेयर मूल्य ६.९३ प्रतिशतले गिरावट भएको हो ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड २५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको कम्पनीको २३ करोड रुपैयाँ नाघेको छ भने सानिमा बैंकको १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

1

Scroll to Top